कारागारमा बन्दुकधारीको आक्रमण, १८ सय भन्दा बढी कैदीबन्दी फरार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कारागारमा बन्दुकधारीको आक्रमण, १८ सय भन्दा बढी कैदीबन्दी फरार

ऐजेन्सी,२४ चैत । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश बन्दुकधारीहरुले आक्रमण गरेसँगै ती कैदीबन्दी फरार भएका हुन् ।

विद्रोहीको अक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

नाइजेरियन सरकारले प्रतिबन्धीत विद्रोही चरमपन्थीले कारागारमा आक्रमण गरेको दावी गरेको छ । राष्ट्रपति मुहम्मद बुहारीले हतिरयारधारी समूहले नागरिकमाथि त्रास फैलाएको भन्दै निन्दा गर्नुभएको छ । तर विद्रोहीले घटनाको जिम्मेवारी नलिएको बताइएको छ ।

आक्रमणकारी केही सवारीसाधान र भौतिक संरचनामा समेत आगजनी गरेका छन् । गत जनवरीदेखि नाइजेरियाका विभिन्न शहरमा रहेका प्रहरी पोष्ट र सवारीसाधन तथा भौतिक संरचनाहरुमा आगजनी हुँदै आएको छ । त्यसैगरी ठूलो मात्रामा हतियार लुटपाटका घटनाहरु भइरहेका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);