इन्डोनेशियामा बाढी - पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय १३ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इन्डोनेशियामा बाढी – पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय १३

एजेन्सी, २४ चैत । इन्डोनेशिया र पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।

इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोरेस आइल्याण्ड तथा छिमेकी देश पूर्वी टिमोरमा बाढी र पहिरोले जनधनको क्षति भएको हो । लगातार वर्षापछि शनिबार आएको बाढी तथा पहिरोका कारण त्यहाँको जनजिवन अस्तब्यस्त भएको बताइएको छ ।

उद्धारकर्मीहरुले अझै पनि प्रभावितको उद्धार प्रयास जारी राखेका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

इन्डोनेशियाको विपद व्यवस्थापन एजेन्सीका अनुसार चार उपजिल्ला र सात गाउँ प्रभावित भएका छन् । इन्डोनेशियामा ८६ जनाको ज्यान गएको छ र अरु केही बेपत्ता भएका छन् ।

पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);