बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुग्यो, ४३ घाइते, ३० अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुग्यो, ४३ घाइते, ३० अझै बेपत्ता

badi12

काठमाडौं, ३१ असार । अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन कष्टकर बनेको छ । पानी पर्ने क्रम नरोकिएको तथा थप केही दिन मनसुन सक्रिय हुने भएपछि सतर्क रहन गृह मन्त्रालय तथा मौसम विभागले सबैमा आग्रह गरेको छ ।

लगातारको वर्षाले राहत वितरण तथा उद्धार कार्य समेत प्रभावित बनेको छ । सरकारले मातहतका सवै संयन्त्रलाई बाढी पहिरो पीडितको उद्धार तथा राहत वितरणमा सक्रिय हुन निर्देशन दिईसकेको छ ।

यसैबीच, बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । ४३ जना घाइते भएका छन । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरो प्रभावित विभिन्न क्षेत्रबाट अहिलेसम्म एक हजार ४ सय ४५ जनाको उद्धार गरिएको छ ।

तराईका जिल्लाहरुमा पानीको सतह घटे पनि जनजीवन सामान्य बन्न सकेको छैन । पानीले दैनिक उपभोग्य वस्तु नष्ट पारेपछि खानेलाउने देखि बस्ने सम्मको समस्या भएको पीडितहरुको गुनासो छ ।

पानीको सहत घट्न थालेपछि तराईका अधिकांश क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बाढी प्रभावितको राहत तथा उद्धारमा २६ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);