बाढीबाट मृत्यु हुनेको संख्या १ सय ४३ पुग्यो, ३० जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ५ भदौ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ। आइतवार साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको जनाएको छ। त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४ सय ४४ घरमा आंशिक क्षति पुगेको छ ।

 

बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ। शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत धादिङ सदरमुकामबाट हिम्दुङ रुवीभ्यालीमा एक हजार २सय किलो राहत सामग्री पठाइएको विज्ञप्तिमा जनाइएको छ।

गृह मन्त्रालयको विज्ञप्ति

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);