लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित

काठमाडाैं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो बाढी पहिरोबाट अहिलेसम्म नवलपरासीमा दुई, दाङ ,उदयपुर र कैलालीमा एक– एक गरी पाँचजनाको मृत्यु भएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । यस्तै महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ । बाढीले नवलपरासीको रामग्राम– १६ पम्फापुरका विनोद पासी र उनका छोरा प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छन् । बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);