मन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ । समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।

प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिएका छन् ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन संविधानको भावना अनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);