लोक सेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लोक सेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २७ जेठ । संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

संविधानको मर्म र भावना विपरित खुलाइएको सो विज्ञापन सच्याउन दवाव दिँदै समितिले सोमबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रद्र्रशन गरेको हो । समावेशी र समानुपातिक सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन खुलाएकाले त्यसविरुद्ध सडक सघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिनु भयो ।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरुले संविधानको मर्म विपरित लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले सो विज्ञापन तत्काल रद्द नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);