लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध राजधानीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध राजधानीमा प्रदर्शन

lok sewa-pradarshan

काठमाडौं, २८ जेठ ।  स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई संसदीय समितिले दिएको निर्देशनविरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । लोक सेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई दिएको सो निर्देशन मान्य नहुने चेतावनी दिँदै माईतीघर मण्डलामा मंगलबार प्रदर्शन गरिएको हो ।

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सूरु गर्नु परेको बताए ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म विपरित लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तीका लागि विज्ञापन खुलाएको निष्कर्ष निकाल्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);