विज्ञापन खारेज गर्न माग गर्दै लोक सेवा आयोग अगाडि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विज्ञापन खारेज गर्न माग गर्दै लोक सेवा आयोग अगाडि प्रदर्शन

lok sewa pradarshan

काठमाडौं, २ साउन ।  स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ ।

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै बिहिवार आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले लोक सेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गरेका हुन ।

प्रर्दशनका क्रममा उनीहरुले विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए ।

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोक सेवा आयोगले त्यसविपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन् ।

सो विज्ञापनको परीक्षा शुक्रवारबाट सूरु हुँदैछ । सरकारको सिफारिसमा गत जेठ १५ गते लोक सेवा आयोगले सो विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);