गृहमन्त्रीद्धारा हजयात्रीलाई बिदाई | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गृहमन्त्रीद्धारा हजयात्रीलाई बिदाई

harjayatri ram bahadur

काठमाडौं, २ साउन । गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरुलाई बिदाई गर्नु भएको छ ।

गृहमन्त्री थापाले बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गर्नु भएको हो । पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले बिदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि आग्रह गर्नु भयो । गृहमन्त्री थापाले सो हजयात्राको माध्यमबाट पनि नेपालको पहिचान विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

हजयात्रीको बिदाई कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पनि उपस्थिति रहेको थियो । विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ । यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);