हजका लागि नेपाली मुस्लिमहरु साउदी अरबको मक्का-मदिना प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हजका लागि नेपाली मुस्लिमहरु साउदी अरबको मक्का-मदिना प्रस्थान

आज १३० जना नेपाली मुसलमान  त्यसतर्फ प्रस्थान 

यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जानेछन्

२६ साउन, काठमाडौं । साउदी अरबको मक्का-मदिनामा हजका लागि आज नेपाली मुसलमानहरु त्यसतर्फ प्रस्थान गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले हजका लागि जाने हाजीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुल माला लगाई विदाई गरेका थिए । प्रत्येक वर्ष चरण-चरण गरि मक्कामा हज गर्न नेपाली मुसलमान दाजुभाई-दिदीबहिनी साउदी अरब पुग्ने गर्दछन् ।

 

देशै भरि छरिएर रहेका मुसलमान नेपालीहरुलाई जिल्लास्तरिय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गराएर पठाए पछि केन्द्रिय हज कमिटीले कोटा अनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था छ ।

 

विमानस्थलमा गृहमन्त्री सहित श्रम मन्त्रि फरमुल्लाह मन्सुरले पनि हाजीहरुलाई बिदाई गरेका थिए । आज साउदी तर्फ प्रस्थान गरेको पहिलो नेपाली टोलि हो । हरेक वर्ष झैँ यो वर्ष करिब एक हजार नेपाली मुसलमान मक्का पुग्ने छन् ।

 

आज नै नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी हाजीहरुलाई बिदाई गरेका छन् । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ ।

 

विश्व भरिका मुसलमान आफ्नो जीवनमा एक पल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ ।

 

हजका लागि बिश्वभरिबाट मुसलमानहरु मक्का पुग्ने गर्दछन । आज प्रस्थान गर्ने १३० जना नेपाली मुसलमान तनहु, स्याङ्गजा, पर्वत, गोर्खा अर्घाखाची र काठमाडौका रहेका छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);