यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध

saudi arabia hajj

एजेन्सी, ९ असार । साउदी अरेबीयाले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । साउदी सरकारले कोरोना भाइरसका कारण यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै साउदी सरकारले यस वर्ष विश्वभरबाट हजमा आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाएको हो । साउदी सरकारले हजलाई प्रतिबन्ध नलगाइने तर देशभित्रका बाहेक अरुलाई अनुमति नदिने जनाएको हो । हजमा सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारको निर्णय छ ।

साउदी अरेबीयाको हज मन्त्रालयले हजमा प्रवेश गर्ने अनुमति पाउनेले पनि सुरक्षाका सबै उपाय अपनाउनुपर्ने जनाइएको छ । बकरीदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्का मदिना पुग्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);