हज यात्री मक्का प्रस्थान, गृहमन्त्री र श्रम मन्त्रीद्धारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रीलाई बिधाई | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८१, सोमबार

साउन २६, काठमाण्डौं ।

गृहमन्त्री जनार्दन शर्माले हजका लागि जाने हाजी हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुल माला लगाई बिदा गर्नु भएको छ ।

 

साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुसलमानहरुको बिदाई गरिएको छ ।चरण चरण गरि मक्कामा हज (विशेष प्रकारको नमाजरप्राथना) गर्न नेपाली मुसलमान दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने गर्दछन । देशै भरि छरिएर रहेका मुसलमान नेपालीहरुलाई जिल्लास्तरिय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गराएर पठाए पछि केन्द्रिय हज कमिटीले कोटा अनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था छ । विमानस्थलमा गृहमन्त्री सहित श्रम मन्त्रि फरमुल्लाह मन्सुरले पनि हाजीहरुलाई बिदाई गर्नु भयो ।

 

आज साउदी तर्फ प्रस्थान गरेको पहिलो नेपाली टोलि हो । हरेक वर्ष झैँ यो वर्ष करिब एक हजार नेपाली मुसलमान मक्का पुग्ने छन् । आज नै नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी हाजीहरुलाई बिदाई गर्नु भएको छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्व भरिका मुसलमान आफ्नो जीवनमा एक पल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।

 

साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुसलमानहरु मक्का पुग्ने गर्दछन । आज प्रस्थान गर्ने १३० जना नेपाली मुसलमान तनहु, स्याङ्गजा, पर्वत, गोर्खा अर्घाखाची काठमाडौका रहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);