१ सय २० नयाँ नगरपालिका निमित्तका भरमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साउन २६ , काठमाण्डौँ । निजामति कर्मचारीहरुले खटाइएको स्थानीय तहमा जान अटेरी गरेका छन् । कर्मचारीले अटेरी गर्दा अझै १ सय २० वटा नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलेका छन् ।

उपसचिव जान नमान्दा नयाँ बनेका नगरपालिका निमित्त कार्यकारी अधिकृतका भरमा चलेका हुन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा १ सय २० नगरपालिका निमित्तका भरमा सञ्चालन भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । पटक–पटक माग्दा पनि सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएको स्थानीय विकास मन्त्रालयको गुनासो छ । स्थानीय विकास मन्त्रालयले गत जेठ १२ र साउन १९ गते दुईपटक १ सय २० नगरपालिकामा कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयले भने उपसचिवले जान नमानेका कारण नगरपालिकाहरु कार्यकारी अधिकृतविहिन बनेको बताएको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);