‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २६, काठमाण्डौं ।
राष्ट्रपति विद्या भण्डारीले मुलुकमा बाल विवाह बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले बाल विवाहको अन्त्य गर्न सरोकारवाला निकायहरु सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको शुभारम्भ गर्दै उहाँले संविधानले बाल विवाहलाई दण्डनीय अपराधको रुपमा लिएको पनि स्मरण गराउनु भयो । राष्ट्रपति यादवले गरिवी र अशिक्षाका कारण मुलुकमा बाल विवाह बढदै गएको उल्लेख गर्दै यसको अन्त्य गर्न सरकारी प्रयासमात्रै पर्याप्त नहुने पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विवाह अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले संविधानले नै बाल विवाहलाई दण्डनीय अपराधको रुपमा लिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान संचालन गर्दै आएको दावी पनि गर्नु भयो । मन्त्री कोइरालाले बाल विवाह अन्त्य गर्ने कामलाई सामाजिक अभियानकै रुपमा संचालन गर्न पनि सबैमा अपिल गर्नु भयो ।

विभिन्न अध्ययण प्रतिवेदनले नेपालमा बाल विवाह दर उच्च रहेको तथ्यांक सार्वजनिक गरेको छ । युनिसेफले पहिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा ३७ प्रतिशत बालबालिकाहरुले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको उल्लेख गरिएको छ । नेपालमा बाल विवाह बढदै जानुमा गरिवीलाई मुख्य कारण देखाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);