प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्नुपर्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्नुपर्छ : कमल थापा

२६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्न उचित हुने सुझाव दिएका हुन् ।

 

पुस-माघको चिसो मौसममा निर्वाचन सम्भव नभएकाले मंसिर महिनामा नै दुवै तहको निर्वाचन एकैपटक गर्नु उपयुक्त हुने अध्यक्ष थापाले बताए ।

 

उनले सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाए । सरकार मधेसी दलको समस्या समाधान गर्न गम्भीर नदेखिएको पनि आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);