ठुला दलका कारण मुलकमा भ्रष्टाचार बढ्दै गएको कमल थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १८ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति राप्रपाले असन्तुष्टि जनाएको छ ।

 

आइतबार महेन्द्रनगरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै राप्रपाका अध्यक्ष कमल थापाले जनसंख्या र भुगोललाई आधार नबनाई क्षेत्र निर्धाण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयले निर्वाचनको विश्वसनियतामाथि प्रश्न खडा भएको उनको भनाइ थियो ।

 

फरक प्रसंगमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले ठूला भनिएका दलहरुकै कारण मुलकमा भ्रष्टाचार र अनियमितता बढ्दै गएको आरोप लगाएका छन् ।

 

भ्रष्टाचार ढाकछोप गर्न ठुला दलका केही नेताहरु सकृय रहेको उनको आरोप थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);