प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा दलका नेताहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौँ, १८ भदौ । प्रमुख दलका नेताहरुले राजनीतिक स्थायीत्व कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिएका छन् ।

 

आइतबार राजधानीमा आयोजित कार्यक्रममा दलका नेताहरुले राजनीतिक स्थायीत्व, समृद्धि र सुशासनका लागि प्रत्यक्ष कार्यकारी प्रमुखको आवश्यकता रहेको भन्दै आगामि निर्वाचनमा यसलाई प्रमुख एजेण्डा बनाइने बताए । कार्यक्रममा कांग्रेस नेता प्रदिप गिरीले राजनीतिक प्रणाली परिवेश र परिस्थितिको उपज भएको भन्दै अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थाको विषयमा बहस गर्नुपर्ने बताए ।

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी एजेण्डा बनाउने प्रतिवद्धता व्यक्त गरे । सवल राष्ट्र र बलियो सरकार बनाउन पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थाको पक्षमा उभिनुको विकल्प नरहेको उनको भनाइ थियो ।

 

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा जाने पार्टीले औपचारिक निर्णय लिएको स्मरण गराएका थिए ।

 

नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागु नुहँदा संसदीय खेलका कारण गलत निर्णय हुनेगरेको बताएका छन् ।

 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष प्रकाशचन्द्र लोहनी, कानुविद् भिमार्जुन आचार्य लगायतका वक्ताहरुले प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने धारणा राखेका थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);