अहिसेसम्मकै ठूलो परिणाममा ८८ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अहिसेसम्मकै ठूलो परिणाममा ८८ किलो सुन बरामद

काठमाडौं । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो अबैध सुन बरामद गरेको छ । केरुङ नाकाबाट काठमाडौँ ल्याइएको उक्त परिणामको सुन बरामद भएको हो ।

गाडी चालक मनोज अधिकारीसहित सिल्भर कलरको बा१७ च ६४२७ नम्बरको टाटा सफारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ताले इमाउण्टेनलाई जानकारी दिएका छन् ।

महाशाखाका अनुसार केही बेरमा पत्रकार सम्मेलन गरेर बरामद भएको सुनको बारेमा थप विवरण दिइनेछ । बरामद भएको सुन अहिलेसम्मकै ठूलो परिणामको भएको बताईएको छ ।

केही दिन अघि पनि प्रहरीले काठमाण्डौँको टोखाबाट १५ किलो अवैध सुन बरामद गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);