भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेकाहरुले अब निर्वाचन लड्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कठमाण्डौँ, १९ भदौ । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले फौजदारी अभियोगमा दोषी प्रमाणित भएका व्यक्तिले निर्वाचनमा उम्मेद्वार हुन नपाउने गरी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्बन्धी विधेयक पारित गरेको छ ।

 

लामो विवादबीच समितिको आज बसेको बैठकले भ्रष्टाचारी ठहर भएका व्यक्तिले उम्मेद्वार बन्न नपाउने गरी विधेयक पारित गरेको हो । काँग्रेसका १९ जना सांसद्ले भ्रष्टाचारी ठहर भएका नेताले निर्वाचनमा उम्मेद्वार बन्न पाउनुपर्ने लबिङ गर्दा दुवै विधेयक समितिमा अलपत्र परेका थिए ।

 

काँग्रेसका सांसद्ले भ्रष्टाचारीले निर्वाचन लड्न पाउनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि समितिबाट विधेयक पारित भएका हुन् । समितिबाट पारित विधेयक आजै बस्ने संसद् बैठकमा पेश गरिने समितिका सभापति दिलबहादुर घर्तीले बताए ।

 

संसद्ले पारित गरी त्यसलाई राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयकले कानूनी रुप लिने छ । निर्वाचन आयोगले कानूनको अभावमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी अगाडि बढाउन अप्ठेरो परेको गुनासो गर्दै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);