आर्थिक सूचकहरू सन्तोषजनक छन्ः गर्भनर पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

आर्थिक सूचकहरू सन्तोषजनक छन्ः गर्भनर पौडेल

काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोजनक रहेको बताउनभएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताउनु भयो । उहाँकाअनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर वचत थप सुदृढ हुँदै गएको छ ।

वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जा बीचको भारित औसत ब्याजदर अन्तर न्युनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ । आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको जनाकारी दिनुभयो । उहाँले  नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले मौद्रिक, बैंकिङ्ग र विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै लगेको बताउनु भयो । मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले ‘म्याक्रोइकोनोमिक रिपोर्ट’ प्रकाशन शुरु गरेको र ब्याजदर करिडोरमार्फत कार्यान्वयनलाई पारदर्शी बनाइएको उहाँको भनाइ छ । उहाँले चुनाव पछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहनेमा विश्वास समेत व्यक्त गनुभयो ।

भर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताउनु भयो । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । पश्चिम एशियाको भू–राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उहाँको भनाइ छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पार्नसक्नेतर्फ उहाँले सचेत गराउनु भयो ।

Leave a Reply