आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौं, ३० चैत । आर्थिक वर्ष २०७४/ ७५ को आठ महिनासम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएका छ । नेपाल राष्ट्रबैकले विहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तिय विवरणअनुसार मकै तथा गहुँको उत्पादन क्रमसः ९.४ प्रतिशत र ५.० प्रतिशतले बढ्ने देखिएको छ ।

यद्यपी चालु आर्थिक वर्षको सुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । गैह–कृषि गतिविधितर्फ चालु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको प्रतिवेदनमा उल्लेख छ । फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने प्रतिवेदनको दाबी छ ।

त्यसैगरी फलामजन्य वस्तु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित गरेको बताइएको छ । २०७४ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षको २.९ प्रतिशतबाट वृद्धि भई ६.० प्रतिशत पुगेको छ । तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुद्रास्फीति केही बढेको हो । तरकारीजन्य वस्तुहरुको मुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ । आयातको स्तर बढेको हुँदा चालु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको राष्ट्रबैँकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);