लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौ,१० पुस। मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको रेमिट्यान्स एक दशमलव चार प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष रेमिट्यान्स ७ दशमलव आठ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको चार महिनामा २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आउँदा रेमिट्यान्स घटेको हो । नेपाल राष्ट्र बैंकले निर्यातको तुलनामा आयातमा उच्च वृद्धि तथा रेमिट्यान्समा आएको कमीका कारण चालू खाता घाटामा गएको बताएको छ । बैंकका अनुसार चार महिनाको अवधिमा चालु खाता २५ अर्ब ८१ करोडले घाटामा गएको छ ।

गत आर्थिक वर्ष यो अवधिमा चालु खाता १ अर्ब ८६ करोडले बचतमा थियो । सरकारले चालु आर्थिक वर्ष राजस्व २२ प्रतिशतले बढाउने लक्ष्य लिएकामा वृद्धि १६ दशमलव ३ प्रतिशतमा सीमित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);