कलंकी अन्डरपास निर्माण कार्य तिब्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौ, १० पुस। आगामी असार  सम्ममा सञ्चालनमा ल्याउने गरी कलंकी अन्डरपास निर्माण अघि बढेको छ । हालसम्म ७५ प्रतिशत काम सकिएको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अन्डरपास निर्माण गरिरहेको छ । जुलाई २०१८ सम्म काम सक्ने लक्ष्य चिनियाँ कम्पनी र चक्रपथ सुधार आयोजनाको छ ।

काठमाडौंको कलङ्कीमा निर्माणाधिन अन्डरपास सडकले सार्वसाधारणलाई निकै सास्ती दिइरहेको छ । मौसम अनुसार धुलो र हिलोले दुःख दिएको कलङ्कीमा पछिल्लो केही महिना यता सवारी साधनसमेत राम्रोसँग वारपार गर्न सक्ने स्थिति छैन् । तर, निर्माणकार्यको तीव्रता संगै कलङ्की चोकको मुहार विस्तारै फेरिदै गएको छ । आधुनिक शैलीको अन्डरपास सडक निर्माणको काम करिब ७५ प्रतिशत सम्पन्न भएको काठमाडौ चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।

कलंकी–बल्खु खण्डमा अहिले कंक्रिटाइजेसनको काम सकिएको छ भने बल्खुबाट बालाजु जाने खण्डमा अण्डरपासको काम भइरहेको छ । माटो हटाउने काम धमाधम छ भने स्ल्याब राखिसकिएको छ । जुलाई २०१८ सम्ममा काम सक्ने लक्ष्यसहित सांघाई कन्स्ट्रक्सनले आठ सय मिटर लामो अन्डरपासको कामलाई तीव्रता दिएको हो । सडक विस्तार र व्यवस्थापनको काम ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका अनुसार कोटेश्वर देखि एकान्तकुना सम्ममा सडक निर्माणको कामले तीव्रता पाएको छ भने एकान्तकुना देखि कलंकीसम्मको सडक विस्तारलाई पनि तीव्रता दिदै सडक विस्तार भैरहेको छ ।

चीन सरकारकै सहयोगमा निर्माणाधीन अन्डरपास निर्माणमा पछिल्लो समयमा चिनियाँ कम्पनीले काममा तीव्रता दिएको हो । अण्डरपास निर्माणको लागि कलंकीमा १५ देखि २० जनासम्म चीनियाँ कामदार र ५० देखि ६० जनासम्म नेपाली कामदारको दैनिक उपस्थितिमा काम भैरहेको छ । साथै, सडक विस्तारमा र व्यवस्थापनका लागि ४० देखि ५० जना चीनियाँ व्यक्ति र आवश्यकता अनुसार नेपाली कामदार पनि संलग्न रहेका छन् काठमाडौ चक्रपथ सुधार आयोजनाका अनुसार तोकेको समयमा काम सम्पन्न गर्न आवश्यक हेभी इकुमेन्ट र आवश्यक कामदार परिचालन गरीएको छ । कलंकी कोटेश्वर सडक विस्तारले सर्वसाधारणलाई सास्ति निम्ताएको छ । धुलोले गर्दा यात्रा गर्न पनि पट्यार लाग्दो छ , निर्माणको सुरुवातमा सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दे धुलो सडकमा पानी राखेर धुलो नियन्त्रण गरेपनि पछिल्लो समयमा पानीको अभावले गर्दा उक्त कार्यलाई निरन्तरता दिन नसकिएको आयोजनले बताएको छ । उक्त क्षेत्रमा बल्खु खसीबजारबाट आएका सवारी साधनलाई सोही मार्गबाट सीतापाइलासम्म पुग्ने व्यवस्था मिलाइन लागेको हो ।

खसीबजारबाट थानकोट र सोल्टीमोडतर्फ जाने सवारीले भने हाल सञ्चालनमा रहेको सडक नै प्रयोग गर्नुपर्ने छ । थानकोट–कालीमाटी ओहोरदोहोर गर्ने सवारी साधनहरु अन्डरपासको माथिबाट गुड्नेछन् । अन्डरपास निर्माण पश्चात् थानकोटबाट कालीमाटी जानेआउने सवारी साधन बिनाजाम निर्वाध गन्तव्यतर्फ जान पाउने छन् । चीन सरकारको ५ अर्ब अनुदानमा निर्माण कार्य भईरहेको छ । उक्त सडक नेपालमै पहिलो पटक बन्न लागेको हो ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);