कलङ्की ‘अन्डरपास’ असार १५ देखि सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कलङ्की ‘अन्डरपास’ असार १५ देखि सञ्चालन हुने

kalanki under road

काठमाडौं, १२ जेठ । राजधानीको कलङ्कीमा निर्माण भइरहेको मुलुककै पहिलो ‘अन्डरपास’ असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाश भण्डारीले कलङ्की–कोटेश्वर चक्रपथ विस्तार आयोजना अन्तर्गत कलङ्कीमा निर्माण भइरहेको ‘अन्डरपास’ असारको १५ गतेदेखि सञ्चालनमा आउने जानकारी दिए।

चार लेन फराकिलो र ३८ मिटर लामो सो ‘अन्डरपास’ को एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी आयोजना प्रमुख भण्डारीले दिए ।

यो ‘अन्डरपास’ को निर्माणपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।

खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि अहिले दुई÷दुर्ई लेनको सर्भिस ट्रयाक निर्माण भइरहेका छन् । कलङ्कीको सम्पूर्ण संरचना निर्माण भइसकेपछि त्यहाँ अब आकाशे पुलको आवश्यकता पर्ने छैन ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);