सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

Dhike-nun

टीकापुर, १२ जेठ ।  कैलालीका सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन खरिदबिक्री भइरहेको छ। भारतीय नागरिकले साइकलमा बोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन्। उनीहरु अवैध ढंगले नेपाल भित्रिएको गुणस्तरहिन ढिके नुन सस्तो हुन्छ। साथै अन्नपात र फलाम, प्लास्टिकलगायतका कबाडी वस्तुसँग समेत साट्न मिल्ने भएकाले सर्वसाधारण त्यसको उपभोगतर्फ आकर्षित भएको पाइएको छ।

यस्तो नुन उपभोग गर्दै आएका अधिकांश स्थानीयलाई ढिके नुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन।

‘हामीलाई कुन नुन कस्तो हो भन्नेबारेमा जानकारी नै छैन’, भजनी नगरपालिका थापापुरका बजिरे साउदले भने, ‘बाउबाजेका पालादेखि नै यस्तै नुन खाँदै आएका छौं।’

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनविहीन ढिके नुन उत्पादन गर्दै आएको छ। यस्तो नुन खासगरी छालाका सामग्री गलाउन प्रयोग हुन्छ। सोही नुन बोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमा भिœयाई बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए। उनले गुणस्तरहीन नुन तस्करीमा गिरोह नै सक्रिय रहेको दाबी गरे। ‘सीमावर्ती क्षेत्रका गाउँलाई लक्षित गरेर योजनाबद्ध ढंगले भारतबाट नुन तस्करी भइरहेको छ’, उनले भने, ‘यसमा भारत र नेपालतर्फका व्यक्ति संलग्न छन्।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);