अनुदानको नुन दोब्बर मूल्यमा बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री

nun

काठमाडौं, १७ फागुन । जुम्ला – सरकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरुले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

प्रतिकेजी नौ रुपैयाँमा पाइने अनुदानको नुन गाउँघरमा सर्वधारणले पसलबाट २५ देखि ३० रुपैयाँसम्म किन्ने गरिरहेका छन् । सरोकारवाला निकायले बजार अनुगमनका क्रममा खुद्रा देखि फेन्सी पसलेहरुले सरकारी अनुदानको नुन दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।

धेरै समयपछि बजार अनुगमन गाउँमा केन्द्रीत गरेपछि यस्तो खुलासा भएको नागरिक समाजका सदस्य मानदत्त रावलले बताए । उनले मनपरी रुपमा अनुदानको नुन बेच्नेलाई कारबाही गर्नु पर्ने बताए । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);