अनुदानको चामलबाट बन्छ मदिरा | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

जुम्ला,१९ माघ । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।

संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ ।समाचारमा लेखिएको छ, चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ ।अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ । खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।