नूनिलो नुनको तितो सत्य | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नूनिलो नुनको तितो सत्य

salt tranding corporation

प्रस्तुत कोईराला
काठमाडौं, ४ असार । साल्ट्र ट्रेडिङ कर्पोरेशनका अनुसार अहिले नेपालमा ८ देखि ९ महिना सम्मको लागि पुग्ने नुन मौज्दात रहेको छ जसमा १ लाख ३६ हजार मेट्रिक टन इन ट्रान्जिट रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले लामो समयसम्म सोहि मूल्यमा उपभोक्तालाई नुन उपलब्ध गराइरहेको छ भने नेपालको आयो नुनको गुणस्तर अन्तर्राष्ट्रियस्तरमै मान्यता प्राप्त छ ।

नेपालीले हाल २० रुपैयाँ प्रति किलोग्राममा नुन उपभोग गरिरहेका छन् र नेपालमा नेपाल सरकारद्धारा मान्यता प्राप्त साल्ट्र ट्रेडिङ कर्पोरेशनले मात्र नुनको बिक्री वितरण गरिरहेको छ । सोहि मूल्यमा सेवा पनि विस्तार गरिरहेको छ । अहिले नुनको निकासी गुजरातको खेतीबाट हुने गरेको छ ।

भारतमा सेप्टेम्बर देखि जुन सम्म १० महिना नुनको खेती हुने गर्छ तर यसवर्ष पानी धेरै परेको र कोभिड–१९ को महामारीका कारण भारतमा नुनको निकासा कम हुने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो वर्ष भारतमा ५ महिना मात्र नुन निकासी हुने बताइएको छ । भारतको आर्थिक वर्ष २०१८-२०१९ मा २ सय ८९ लाख मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर १६० देखि १७० लाख मेट्रिक टनमा सिमित हुने प्रक्षेपण गरिएको छ ।

भर्खरै गुजरातमा देखिएको तुफानका कारण गुजरातको उत्पादनमा ३० देखि ३५ प्रतिशतको ह्रास आउने बताइएको छ । भारतमा गुणस्तर नुनको मूल्य २० रुपैयाँ भारु रहेको छ भने नेपालमा नेपाली २० रुपैयाँमा १ किलो नुन पाईन्छ । खुल्ला सिमा नाका रहेको कारण नुनको चोरी पैठारी सिमा क्षेत्रमा बढ्दो अवस्थामा रहेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार सिमा क्षेत्रमा नेपाली बजारमा भरतबाट कम गुणस्तरको नुन सस्तोमा नेपालीले उपभोग गरिरहेका छन् भने सिमापार भारतीय बजारमा नेपाली गुण्स्तरयुक्त नुन उपभोग गरिरहेका छन् । नेपाली आयो नुन अत्यन्तै गुणस्तरीय रहेको धारणा उपभोक्त्ताकर्मी महर्जनको छ । नेपाली सीमा क्षेत्रहरुमा भारतीय नुनहरु लिलामी गरेर बेचिने गरेको र ती नुनहरु मोलतोलगरी नेपालीहरुले सस्तोमा किनिरहेको छ ।

भारतमा उत्पादनको समय घटेकाले नुनको चोरी पैठारीमा व्यापकवृद्धि देखिएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ उस्तै पर्ने हुनाले भारतीय व्यापारीले गुणस्तरीय नुन करिब १० रुपैयाँ सस्तोमा पाइरहेका छन् । जसका कारण नेपालमा रहेको मौज्दात पनि घट्ने देखिएको छ भने नेपालमा सस्तोमा किनेर भारतमा महंगोमा बेचेर गैरकानुनी व्यापार पनि मौलाउने प्रस्ट देखिएको छ ।

सरकारले अहिलेको अवस्थामा नेपालको आयो नुनको महत्वको बारेमा सबै सिमा क्षेत्रहरुमा जनचेतनाको वृद्धि गराएर अवैध व्यापारलाई न्यूनीकरण गर्नु अहिलेको मुख्य आवश्यक्ता रहेको छ ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);