बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय

nun

काठमाडौं, १५ फागुन । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ ।

त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षति लगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।

कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

तसर्थ, सके सम्म खानामा नुनको मात्रा कम गर्ने । साथ, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।

घरमै बनाएरको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ । यो सामग्री नयाँ पत्रिकाबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);