कलंकी अन्डरपास प्राविधिक कारणवश सञ्चालनमा अाएन | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

कलंकी अन्डरपास प्राविधिक कारणवश सञ्चालनमा अाएन

underpass

काठमाडौं, १ भदौ । कलंकीमा निर्माण भएको अन्डरपास भदौ १ गते देखि सञ्चालनमा आउने अन्डरपास प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सञ्चालनमा आउन सकेको छैन ।

कलंकी क्षेत्रमा हुने सम्पूर्ण किसिमको सडक जामलाई हटाउने गरी भदौ १ देखि सडक सञ्चालनमा आउने भनिएको अन्डरपास पा्रबिधिक कारणले संचालनमा आउन ढिलाइ भएको हो । यसको सञ्चलनसँगै यस क्षेत्रको सडक जाम समस्या सधैँका लागि हट्ने बताएएको थियो ।

शुक्रबार बिहान ८ बजेतिर नै पत्रकारहरू कलंकी सुरुङमार्ग पुगे पनि त्यहाँको सुनसान गतिविधि देखेर सबै फर्किएका थिए । चिनियाँ सरकारको सहयोगमा निर्माण भएको सो अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने ट्राफिक जामबाट यात्रुले मुक्ति पाउने विश्वास गरिएको छ ।

अन्डरपास चार लेन फराकिलो र ३८ मिटर लामो छ । सांसदको विकास समिति बैठकमा सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भालिदेखि सो अन्डरपास सुरु गर्ने विषयमा चिनियाँ निर्माण कम्पनीसँग छलफल भएको जानकारी दिएका थिए । अन्डरपास सुरु भएपछि चक्रपथमा घुम्ने सवारीसाधन जक्सनमा अवरोध नहुने गरी अन्डरपास भएर जानेछन् भने नागढुंगाबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुंगातर्फ जाने सवारीसाधनहरू अहिले प्रयोग भइरहेकै सडकबाट आवतजावत गर्नेछन् ।

त्यस्तै खसी बजारबाट नागढुंगा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुंगा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);