सेवा आय ११ अर्ब ६ करोडले घाटामा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सेवा आय ११ अर्ब ६ करोडले घाटामा 

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);