बारामा बिना पूर्वाधार आँफू खुसी जग्गा प्लटिङ गर्ने प्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारामा बिना पूर्वाधार आँफू खुसी जग्गा प्लटिङ गर्ने प्रवृत्ति बढ्दो छ । बढ्दो जनसंख्या र सहरीकरणले मापदण्ड विपरीत अव्यवस्थित बस्तीको विकास हुँन थालेको छ । जसले गर्दा नयाँ संरचना बनाउँदा सहर बजार र उत्पादनशील जमिनमा घडेरी किनबेच हुँन थालेको छ ।

बाराको निजगढ नगरपालिका क्षेत्रभित्र बिना स्वीकृति अव्यवस्थित रुपमा जग्गा प्लटिङ गर्ने कार्य व्यापक रुपमा बढेको छ । सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी तथा निजगढमा फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभग पक्का भएपछि नगरपालिका भित्रका खेती योग्य जमिन मापदण्ड बिना नैं मनपरी ढंगले प्लटिङ र बिक्री वितरण गर्ने कार्य भइरहेको छ । भूमाफियाले प्लटिङ गर्नेले न्यूनतम मापदण्ड सडक, खानेपानी, टेलिफोन, सडकको मापदण्ड पूरा नगरी खण्डीकरण गरेका छन् । नगरपालिकामा कुनै सूचना नगरी आँफू खुसी मापदण्ड पुरा नगरी प्लटिङ भएको हो ।

पछिल्लो समय गाउँ रित्तिदो छ, खेती योग्य जमिन मासिँदै छन । विभिन्न सेवा सुविधाका नाममा बसाई सर्ने क्रम बढेसँगै पछिल्लो समय निजगढको जमिन बाँझिन थालेको छ । केहि बर्ष अघिको तुलनामा अहिले जग्गाको मुल्य आकाशिएको छ । सरकारले निजगढ नगरपालिकालाई स्मार्ट सिटी बनाउने तयारी गरे पनि यसको व्यवस्थापनमा सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । मापदण्ड बिना नैं मनपरी ढंगले जग्गा कारोबार गर्ने व्यक्तिहरुले प्लटिङ गर्दा खाद्यान्न उत्पादनमासमेत कमी भएको विज्ञहरुको भनाई रहेको छ । प्लटिङ रोकेर खेती योग्य जमिन बचाउँन स्थानीय प्रशासन र सरकारले नंै उचित पहल कदम नगरेको स्थानीको आरोप छ ।

पछिल्लो समय कृषिमा धनी मानिएको बारामा उत्पादन हुँने गरेको अन्नबालीले मुलुकको विभिन्न जिल्लाहरु पु¥याईने गरिन्थ्यो तर, अहिले दिन प्रतिदिन खेती योग्य जमिनलाई प्लटिङको नाममा मासिदै जाने हो भने मुलुकको अन्य जिल्लाको त कुरै छोडौं बारामा अन्य जिल्लाबाट भित्र्याउँने अवस्था नआउला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);