सरकारद्वारा कृषियोग्य जमिनको प्लटिङ र कित्ताकाटमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २७ , काठमाण्डौँ । सरकारले कृषियोग्य जमिनको प्लटिङ र कित्ताकाटमा रोक लगाएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जग्गामाथिको बढ्दो खण्डीकरण नियन्त्रण गरी उत्पादकत्व बढाउन भन्दै प्लटिङ र कित्ताकाटमा रोक लगाएको हो । मन्त्रालयले जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्री÷वितरण नगर्न निर्देशन जारी गरेको छ । मन्त्रालयले सगोलका अंशियारबीच प्रचलित कानूनबमोजिम अंशबण्डा हुँदा र अदालतको फैसलाबमोजिम वाहेक जग्गा कित्ताकाट गर्न नपाइने बताएको छ ।

जग्गाधनीले कुनै सीमित कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ताकाट गरी बिक्री÷वितरण गर्न नपाउने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);