नेपाल एसियाली विकास केन्द्रको जर्नललाई विदेशमा मान्यता दिलाउने गृहकार्य शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

साउन २७, काठमाण्डौं ।

नेपाल एसियाली विकास केन्द्र (सिनास)ले प्रकाशन गरेका जर्नललाई विदेशमा मान्यता दिनका लागि गृहकार्य शुरु गरेको छ ।

 

केन्द्रले सन् १९७३ देखि अहिलेसम्म अनुसन्धानमूलक ८५ अङ्क जर्नल प्रकाशित गरिसकेको छ । यहाँबाट प्रकाशित जर्नल भारत, चीन र जापानमा मान्यता दिलाउनका लागि चाँडो समझदारी कायम गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले जानकारी दिनेभएको हो । समझदारी भएपछि ती देशबाट प्रकाशित जर्नललाई पनि नेपालमा मान्यता दिइनेछ ।

 

सन् १९६९ मा नेपाल अध्ययन केन्द्रका रुपमा स्थापित भई सन् १९७२ मा इन्स्टिच्युट अफ नेपाल एण्ड एशियन स्टडिजका रुपमा विकास भएको हो । सो संस्थाले हालसम्म करिब २०० अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेको छ ।

 

विभिन्न विश्वविद्यालयमा अध्ययन तथा अध्यापनमा संलग्न विद्वानका साथै अनुसन्धानकर्ता गरी १५० जनाको सामाजिक, मानव, इतिहासलगायत विषयका कृति केन्द्रले प्रकाशित गरेको छ ।

 

नेपालमा एशिया मामिलाको अध्ययन गर्ने र विज्ञ उत्पादन गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको भएपनि साधन तथा स्रोतको अभावमा जनशक्ति उत्पादन गर्न सकेको छैन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);