एउटै जग्गाको १४ पटक कित्ताकाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एउटै जग्गाको १४ पटक कित्ताकाट

malpot kalanki

काठमाडौं, २५ कात्तिक ।  सरकारको निर्णयविपरीत मालपोत र नापी कार्यालयले एक वर्षमा एउटै जग्गाको १४ पटकसम्म कित्ताकाट गरेका छन्। कित्ताकाट गर्न रोक लगाइए पनि कलंकी मालपोत र नापी कार्यालय अन्तर्गत साबिकको बाडभञ्ज्याङ गाविस–१ को प्लटिङजस्तै गरेर कित्ता नम्बर १४ को पटकपटक कित्ताकाट गरिएको छ। सरकारी स्थलगत रिपोर्टमै उक्त कित्ताको १४ पटकसम्म कित्ताकाट गरिएको छ।

ललितपुर र काठमाडौंको मालपोत र नापी कार्यालयमा २०७४ चैतदेखि २०७५ असारसम्म छानबिन गरी प्रतिवेदन तयार पारेको केन्द्रका प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए। ‘सरकारको निर्णयविपरीत एउटै जग्गा १४ पटकसम्म कित्ताकाट गरिएको छ, यो अनियमितता हो’, उनले भने। राष्ट्रिय सर्तकता केन्द्रले काठमाडौंको कलंकी तथा ललितपुरका मालपोत र नापी कार्यालयमा गरेको छानबिनमा एउटै जग्गाको दुई पटकभन्दा बढी कित्ताकाट गरिएको पाइएको छ। बाडभञ्ज्याङ –१ को कित्ता नम्बर १३ को १२ पटक कित्ताकाट गरिएको छ। कलंकी र ललितपुर कार्यालय अन्तर्गतका ३ सयभन्दा धेरै स्थानमा धेरैपल्ट कित्ताकाट गरिएको छ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले २०७४ साउन २६ को मन्त्रीस्तरीय निर्णय गरी जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीमा बिक्रीवितरण गर्न गराउन नपाउने निर्णय गरेको थियो। निर्णयमा सगोलका अंशियारबीच प्रचलित कानुनबमोजिम अंशबन्डा हुँदा र अदालतको फैसलाबमोजिम कित्ताकाट गर्न बाधा नहुने उल्लेख छ। कुनै पनि जग्गाको एउटा आर्थिक वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गरी बिक्रीवितरण गर्न नपाउने व्यवस्था समेत गरिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);