नापी कार्यालयको लापर्बाहीले सिमराको सरकारी जग्गा व्यक्तिको नाँउमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नापी कार्यालयको लापर्बाहीले सिमराको सरकारी जग्गा व्यक्तिको नाँउमा

श्याम गुप्ता
बारा, १६ माघ
। उद्योग मन्त्रालय मातहतमा रहेको बिशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमराको आठ बिगाहा आठ कठ्ठा जग्गा व्यक्तीको नाममा पुर्जा कायम भएर बेचबिखन भएको छ । सेजको आठ सय ३३ बिगाहा मध्ये ‘बि ब्लकको’ आठ बिगाहा आठ कठ्ठा जग्गामा व्यक्तिले दावी गर्दै बेचबिखन गरेको भेटिएको हो ।

एउटै फिल्डबकुमा रहेको जग्गाको दोहोरो नापी हुँदा तत्कालिन चिनी मिल र व्यक्तीको गरी दुई वटा फरक कित्ता नम्बर कायम भएको छ । साबिक गाबिस पिपरा सिमरा तर्फबाट नापी हुँदा कित्ता नम्बर १२४ कायम भएको छ ।

फत्तेपुर गाविस तर्फबाट भने नापी गर्दा २६० नम्बर कित्ता कायम भएको पाईएको छ । यी दुई कित्ता नम्बर मध्ये पिपरा सिमरा तर्फको १२४ तत्कालिन चिनीमिलको नाममा दर्ता भएको छ । भने कित्ता नम्बर २६० व्यक्तीले कित्ताकाट भएर पाँचौं चरणमा बेचबिखन समेत गरिसकेको पाईएको छ ।

पछिल्लो समय सेजको जग्गा राजाराम साह र उनका परिवारको नामबाट पटक(पटक गरि नेपाल पेट्रोलियम ट्रेड लिङ्गस् प्रा.लि.को नाममा बेचबिखन भएको पाईएको छ ।
पेट्रोलियम ट्रेडलिङ्गसले कित्ता नम्बर १७२४ , १७३६ , १७३७ , १७३८ , १७३९ र १७४० को ६ बिगाहा दश कठ्ठा जग्गा सोलार कम्पनि सञ्चालन गर्न भौत्तिक संरचना बनाउँने तयारी रहेको कम्पनीले जनाएको छ ।

फिल्डबुक एउटै भएको जग्गाको दुई वटा फरक किक्ता नम्बर कायम गरेर कसरी बेचबिखन भयो त ? भन्ने विषयमा नापी कार्यालय सिमराले भने तत्कालिन समयमा अमिनबाट गल्ती भएको जनाएको छ ।

नापीबाट गत बिक्रम सम्वत् २०२२ साल मैं गल्ती भएकै कारण तत्कालिन अवस्थामा नापी गर्दा चार किल्लाको जग्गा नभिडाएकै कारण एउटै कित्ता नम्बर कायम भएको नापी कार्यालय सिमराका सूचना अधिकारी बिनोद कुमार चौधरीले बताउनुभयो । उनले तत्कालिन पिपरा सिमरा गाविस वडा नंं ४ (ख) को कित्ता नम्बर १२४ मा चिनीमिल भनि उल्लेख रहेको र सोही जग्गा फत्तेपुर गाविस वडा नं ९ को कित्ता नम्बर २६० जग्गाधनीको नाम उल्लेख भएका बताउनुभयो ।

तत्कालिन समयमा छिमेकी गाबिसको कित्ता नभिडाउँदा एउटै जग्गामा दोहोरो नापी भएको त्यहीँ नापी अनुसार दुई वटा फरक कित्ता कायम भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।


२६० नम्बर कित्ताको जग्गा धनिको ठाँउमा झगडा भनि जानिएको र उक्त जग्गाको कैफियतमा भने जग्गा धनि काठमाण्डौं ठमेल बस्ने त्रिपुरा नरसिङ्ग रानाको जग्गा भनि तत्कालिन वडा सदस्यले हस्ताक्षर समेत गरेको भेटिएको छ ।

एउटै फिल्डबुक भएको दुई वटा फरक कित्ता मध्ये कुँन चाँही वास्तविक जग्गाधनिको हो ? भन्ने विषयमा भने नापी कार्यालय वास्तविक पुरानो नापी जुन हो सोही आधारमा जग्गाधनी कायम हुँने जनाएको छ ।

दुई वटा भिन्न भिन्न गाविसबाट नाप्दा जग्गाको मात्रामा समेत फरक आएको छ । नापीले दुई वटा जग्गा एउटै प्रकृतीको देखिएको जनाएको छ । पछिल्लो समय सेज र व्यक्तिले आ–आँफु जग्गाधनी भएको दाबी गरे पछि नापी र मालपोत कार्यालयले सो जग्गाको कित्ताकाट र वेचबिखनमा रोक लगाएको छ ।

यता व्यक्तिले दाबी गरेको जग्गा सेजको भएको सिमरा सेजका सहायक ईन्जिनियर अजय चौधरीले बताए । उनले सेजले आफ्नों जग्गा सुरक्षित राखेको र सेजको जग्गामा व्यक्तिले तारबार गरेको थाहा पाउँन साथ जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा व्यक्तिले गाडेको किला फ्याँकिएको सहायक ईन्जिनियर चौधरीले बताए ।

बिशेष आर्थिक क्षेत्र सिमरा सेजले आफ्नों नाममा रहेको जग्गाको संरक्षणमा चाँसो नदेखाउँदा साँढे चार दशक पछि व्यक्तिको नाममा पुर्जा बनेको भेटिएको हो । दुई साता अघि नेपाल पेट्रोलियम ट्रेड लिङ्कस प्रा.लि का कर्मचारीले जग्गामा तारबार गरेको सुचना पाए पछि स्थानीय जनप्रतिनिधि , प्रहरी प्रशासन र सेजका कर्मचारीको टोली पुगेर सो किलाकाँटी फालेको थियो ।

सेजले आफ्नों जग्गा सुरक्षित नराखेकै कारण पछिल्ले समय अधिकरणको चपेटामा परेको छ । सेजको आठ सय ३३ बिगाहा मध्ये ‘ए ब्लक’ को करिब साँढे ३ सय बिगाहा बाहेक अतिकम्रणमा परेका जग्गाहरु पटक पटक बेचबिखन समेत भईसकेको छ ।

२०५९ सालमा चिनीमिल बन्द भए पछि उद्योग मन्त्रालयले मन्त्री परिषद्को निर्णयबाट सो जग्गामा गार्मेन्ट उद्योग सञ्चालन गर्ने गरी २०७५ चैत १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलन्यास् समेत भएको थियो । तर , शिलन्यास् भएको तीन वर्षमा सेजले अतिकम्रणमा परेको आफ्नों जग्गा फिर्ता गर्न सकेको छैन् , न त उद्योग नैं सञ्चालन गर्न सकेको छ । उल्टै सरकारी जग्गामा व्यक्तीगत संरचना दिन प्रतिदिन थपिदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);