सर्वोच्चका निवर्तमान सुब्बा सहित सात जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सर्वोच्चका निवर्तमान सुब्बा सहित सात जना पक्राउ

बारा, ६ फागुन । सरकारी छाप, दस्तखत र कागजपत्र किर्ते गरी जग्गा हडप्ने सर्वोच्च अदालतका निवर्तमान सुब्बा सहित सात जना पक्राउ परेका छन् ।

सर्वोच्च अदालतका निर्वतमान सुब्बा हस्तबहादुर नेपाली सहित ७ जनालाई बारा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनीहरु माथी अनुसन्धानको प्रक्रियामा रहेको बारा जीतपुर सिमरा २३ को साविक कित्ता नम्बर ६१ को एक बिगाहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाडौंका पद्युुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको आरोप छ ।

प्रहरीले महागढीमाई नगरपालिका वडा नं.८ का बोहाव अन्सारी, बारा कलैयाका प्रल्हादप्रसाद रेग्मि र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंहलाई पक्राउ गरेको हो ।

यसैगरी बारा प्रहरीले सरकारी कागज र छाप किर्ते गरी जीतपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेको जग्गा बेचबिखन गरेको आरोपमा वीरगंज महानगरपालिका १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ का सलिम मियाँ र सोही ठाउँका सुनिल कुमार यादवलाई समेत पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);