मृत्यु भईसकेका व्यक्तिको नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृत्यु भईसकेका व्यक्तिको नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

झापा । मृत्यु भइसकेका व्यक्तिको नामको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि प्रहरीले आज सार्बजनिक गरिएको छ । उनीहरुले स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गरेको खुल्न आएको छ ।

पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, बाह्रदशी–५ का ५० बर्षीय लिलाधर राजवंशी, झापा भद्रपुर नगरपालिका–७ का ५२ बर्षीय नवीन कोइराला, झापा गौरीगंज गाउँपालिका–१ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापाकै शिबसताक्षी नगरपालिका– ८ का ४२ बर्षीय भुपदेव कटुवाल, अर्जुनधारा नगरपालिका– ५ का ५३ बर्षीय लेखनाथ खनाल, बिर्तामोड नगरपालिका–४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड–१० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड–४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका–४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् ।

यो समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समुहले उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–२ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत बिर्तामोड–४ की रञ्जु राईको नाममा २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउँदै घटनामा संलग्न रहेका मध्ये यि १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो ।

यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका र उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);