आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै ठगी गर्ने ८ जनाको गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै ठगी गर्ने ८ जनाको गिरोह पक्राउ

सन्दिप शर्मा,
ईमाउण्टेन टिभी, काठमाडौं । सरकारी कर्मचारी बनेर नक्कली परिचयपत्र देखाउँदै काठमाडौंको गोंङ्गबुस्थित नयाँ बसपार्कका होटल तथा रेष्टुरेष्टहरुमा राजस्व अनुगमनका नाममा ठगि गर्दै आएको एक गिरोहलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । ८ जनाको समुहमा ठगी गर्दैगर्दा रंगेहात पक्राउ परेकाहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

सलक्क मिलेको कोट पाईन्ट र जुत्ता, घाँटीमा आन्तरिक राजस्व कार्यालयकै परिचयपत्र, हेर्दा दुरुस्त राजस्व कार्यालयका कर्मचारी जस्तै देखिने । तर ठगिको गिरोह । उनीहरुको धन्दा होटल तथा रेन्ुरेन्टमा अनुगमनाका नाममा पैसा असुली गर्ने । ८ जनाको समूह, मुख्य नाइके पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका ३ घर भै बालाजु बस्ने बिनबहादुर विक । विक सहित अहिले ८ जना जिल्ला प्रहरी परिसर काठमाडौंको खोरमा छन् । प्रहरीले उनीहरुलाई गोंङ्गबुुस्थित नयाँ बसपार्कका होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका नाममा ठगी गर्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।

यसरी पक्रउ पर्नेहरुमा बिन बहादुर विकसहित पाँचर फिदिम नगरपालिका १ घर भै ललितपुर बस्ने २२ बर्षीय सृजना भट्टराई, अछाम बान्नीगढी गाउँपालिका ६ घर भई कोटेश्वर बस्ने १९ बर्षीय सागरजंग लुहार, सिन्धुपाल्चोक नगपालिका ३ घर भई सामाखुसी बस्ने २३ बर्षीय प्रमिशा तामाङ, अछाम बान्गढी जयगढ गाउँपालिका ६ घर भई हाल ललितपुर बस्ने २३ बर्षीय दुधकाला बिक, नुवाकोट बेलकोटगढी नगरपालिका १ घर भै मनमैजु बस्ने २१ बर्षीय अञ्जना तामाङ, कञ्चनपुर बेतकोट नगरपालिका ९ बस्ने २४ बर्षीय राजिव बिष्ट र कञ्चनपुर बेतकोट नगरपालिका १० घर भै थापाथली बस्ने २५ बर्षीय डेबिड धामी रहेका छन् । उनीहरुले बिगत ४ दिनदेखि आफुहरु आन्तरिक राजस्व कार्यालयका कर्मचारी भएको र होटलहरुले कर छली गरेकाले अनुगमन गर्न आएको भन्दै आन्तरिक राजश्व कार्यालयको नाममा छापिएको रसिद काट्ने र पैसा असुल्ने धन्दा गरेको प्रहरीको आरोप छ ।

उनीहरुको साथबाट प्रहरीले ठगी धन्दाका लागि प्रयोग गरिएका स्टाम्प २ थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प १ थान, हास्ताक्षर भएको स्टाम्प १ थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलिहरु, राजस्व सम्बन्धि किताब, आन्तरिक राजस्व कार्यालयको परिचयपत्र ७ थान, नगद रु ८४ हजार ७ सय ३० लगायतका सामग्री बरामद गरेको छ । त्यसैगरी यो गिरोहले अनुगमनका नाममा होटल तथा रेष्टुरेन्टहरुबाट ५ लाख ८ हजार ६ सय ४० भन्दा बढी रकम संकलन गरेको प्रहरीको दाबी छ ।

प्रहरीको पक्राउमा परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद–२५ को २७६ को कीर्ते गर्न नहुने कसूर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको । यो गिरोहको मुख्य नाईके बाहेक अरु १९ देखि २५ बर्षका छन् । यसले के बुझ्न सकिन्छ भने पछिल्लो समय यो उमेर समुहका युवाहरुमा छिट्टै पैसा कमाउने र धनी हुने महत्वाकांक्षाका कारण अपराधिक क्रियाकलापमा सक्रिय हँुदै छन् । मेहनत नै नगरी धनी बन्ने लोभले समाजमा जरो गाड्दै गरेको हो कि भन्ने प्रश्न चिन्ह्र समेत उब्जाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);