राजस्व अनुगमनका नाममा ठगि गर्दै आएको गिरोह पक्राउ ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राजस्व अनुगमनका नाममा ठगि गर्दै आएको गिरोह पक्राउ ( भिडियो रिपोर्ट )

सन्दीप शर्मा  \ माउन्टेन टेलिभिजन एचडि। सरकारी कर्मचारी बनेर नक्कली परिचयपत्र देखाउँदै काठमाडौंको गोंङ्गबुस्थित नयाँ बसपार्कका होटल तथा रेष्टुरेष्टहरुमा राजस्व अनुगमनका नाममा ठगि गर्दै आएको एक गिरोहलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । ८ जनाको समुहमा ठगी गर्दैगर्दा रंगेहात पक्राउ परेकाहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

सलक्क मिलेको कोट पाईन्ट र जुत्ता, घाँटीमा आन्तरिक राजस्व कार्यालयकै परिचयपत्र, हेर्दा दुरुस्त राजस्व कार्यालयका कर्मचारी जस्तै देखिने । तर ठगिको गिरोह । उनीहरुको धन्दा होटल तथा रेन्ुरेन्टमा अनुगमनाका नाममा पैसा असुली गर्ने । ८ जनाको समूहका मुख्य नाइके बिनबहादुर विकसहित अहिले ८ जना जिल्ला प्रहरी परिसर काठमाडौंको खोरमा छन् । प्रहरीले उनीहरुलाई गोंङ्गबुुस्थित नयाँ बसपार्कका होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका नाममा ठगी गर्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।

यसरी पक्रउ पर्नेहरुमा विकसहित सृजना भट्टराई, सागरजंग लुहार, दुधकला बिक, प्रमिशा तामाङ, अञ्जना तामाङ, राजिव बिष्ट र डेबिड धामी रहेका छन् । उनीहरुले बिगत ४ दिनदेखि आफुहरु आन्तरिक राजस्व कार्यालयका कर्मचारी भएको र होटलहरुले कर छली गरेकाले अनुगमन गर्न आएको भन्दै आन्तरिक राजश्व कार्यालयको नाममा छापिएको रसिद काट्ने र पैसा असुल्ने धन्दा गरेको प्रहरीको आरोप छ।

काठमाडौं उनीहरुको साथबाट प्रहरीले ठगी धन्दाका लागि प्रयोग गरिएका स्टाम्प, लेटर प्याड, राजस्व सम्बन्धि किताबलगायतका सामग्री बरामद गरेको छ। यो गिरोहले अनुगमनका नाममा होटल तथा रेष्टुरेन्टहरुबाट ५ लाखभन्दा बढी रकम संकलन गरेको प्रहरीको दाबी छ।

यो गिरोहको मुख्य नाईके बाहेक अरु १९ देखि २५ बर्षका छन् । यसले के बुझ्न सकिन्छ भने पछिल्लो समय यो उमेर समुहका युवाहरुमा छिट्टै पैसा कमाउने र धनी हुने महत्वाकांक्षाका कारण अपराधिक क्रियाकलापमा सक्रिय हुदै छन् । मेहनत नै नगरी धनी बन्ने लोभले समाजमा जरो गाड्दै गरेको हो कि भन्ने प्रश्न उब्जाएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);