मृगौला तस्करीमा संलग्न पाँच पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मृगौला तस्करीमा संलग्न पाँच पक्राउ

चितवन, १३ साउन । मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चितवनबाट दिल्ली पु-याएर मृगौला बिक्री गर्ने गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा ४ का ४१ वर्षीय दुर्गाबहादुर दर्जी, रौतहट चन्द्रपुर नगरपालिका–४ का ३५ बर्षीय बिक्रम पहरी रहेका छन् ।

त्यस्तै मकवानपुर बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबन ६ का ३४ बर्षीय दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका ३ का २८ बर्षीय विशाल नेपाली रहेका छन् ।

पाँच जना पक्राउ परेसँगै चितवनबाट मृगौला तस्करी हुने गरेको पाइएको चितवनका प्रहरी प्रमुख शुशीलसिंह राठौरले बताए । एक जनाको मृगौला बिक्री गरेबापत उनीहरुले ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमिशन लिने गरेको पाइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);