लागू औषध सहित चितवनबाट पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

लागू औषध सहित चितवनबाट पाँच जना पक्राउ

चितवन, २६ साउन । चितवन प्रहरीले ठूलो परिणाममा लागू औषधसति पाँच जनालाई पक्राउ गरेको छ । लागू औषधको ओसारपसार, सञ्चय, बिक्रिबितरण तथा सेवनमा संलग्न भएको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका–१ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका–३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका–७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका–२ का २६ वर्षीय सलिम मिया र चितवन खैरहनी नगरपालिका–१ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेको प्रहरीले जनाएको छ।

उनीहरु सबैलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।