मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ 

काठमाडौं। मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);