बारामा ७० केजी गाँजासहित दुई जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बारामा ७० केजी गाँजासहित दुई जना पक्राउ 

gaja

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);