धनकुटामा १८ केजी गाँजासहित ६ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धनकुटामा १८ केजी गाँजासहित ६ जना पक्राउ 

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका–२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । प्र.१–०२–००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);