मोटरसाइकल तथा स्कुटर चोरीमा ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

मोटरसाइकल तथा स्कुटर चोरीमा ६ जना पक्राउ

arrested

चितवन। चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ ।प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी विक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।पछिल्लो समय जिल्लामा मोटरसाइकल र स्कुटर चोरीको घटना बढेपछि चितवन प्रहरीले निगरानी बढाएको थियो । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरी विक्री गर्ने गरेको आरोपमा भरतपुर महानगरपालिका–१६ घर भई हाल भरतपुर–११ बस्ने २२ वर्षीय सङ्कल्प पनेरु र बागलुङ जिल्ला जैमिनी नगरपालिका–८ घर भई भरतपुर–११ बस्ने २४ वर्षीय जीवन पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।उनीहरूलाई भरतपुर–९ स्थित डेरामा चोरी गरी ल्याएको ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरलाई परिवर्तन गरी बा प्र ०३ ००१ प ८९५ को नम्बर प्लेट लगाइएको अवस्थाको क्रसफायर मोटरसाइकलसहित पक्राउ गरिएको उनले बताए । प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले १२ असारमा पुरानो मेडिकल कलेज अगाडिबाट चोरी गरेको उक्त क्रसफायर मोटरसाइकल माडी नगरपालिका–९ बस्ने ३१ वर्षीय विजय दुरालाई ६० हजार रुपैयाँमा विक्री गरेकाका थिए । दुरालाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको उनको भनाइ छ ।उनै व्यक्तिहरूले ९ असारमा भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरलाई प्रदेश ३–०३–००१ प २८८८ नम्बरमा परिवर्तन गरी भरतपुर–२४ बस्ने २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी गाउँपालिका–३ घर भई भरतपुर–२४ बस्ने २१ वर्षीय सुशील पुरीलाई विक्री गरेका थिए । जनमराज र सुशीललाई उक्त मोटरसाइकलसहित भरतपुर–२४ बाट पक्राउ गरिएको अधिकारीले बताए।त्यस्तै, २ असारमा भरतपुर–२ क्षेत्रपुर स्थितबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटरको खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरी प्रदेश २–०११–००२ प ६०२५ नम्बरको प्लेट लगाई स्कुटरको रङसमेत परिवर्तन गरिएको अवस्थामा बारा पर्सौनी गाउँपालिका–१ घर भई भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई स्कुटरसहित पक्राउ गरिएको उनले जानकारी दिए । १४ असारमा भरतपुर–५ स्थितमा मोटरसाइकल चोरी गरी ल्याएको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्रदेश २–०३–००१ प ४०५६ नम्बर लगाइएको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।उक्त मोटरसाइकल चोरी गर्ने मानिस प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल बाटोमा नै छाडी फरार भएकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत असोज महिनामा सञ्चालित ‘चार्ली माइक’ अभियानबाट १४ जना व्यक्तिहरू पक्राउ परेका थिए । तीमध्ये केही धरौटीमा छुटेका छन् भने केही कारागारमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);