मोरङ । विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ
ताजा समाचार
गोल्डेन एथलेटिक्स मिट : सन्तोषीलाई स्वर्णपदक
३३ मिनेट अघि
राष्ट्रिय सभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची
१ घन्टा अघि