मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ

पर्सा । वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगन्ज महानगरपालिका–२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो । 

मोटरसाइकलमा ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त मोटरसाइकल वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

यसैगरी वीरगन्ज महानगरपालिका–१ बस्ने सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);