झापामा मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ     | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

झापामा मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ    

झापा । झापाका बिभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजबंशी, सोही नगरपालिका–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र सोही नगरपालिका–६ समिम ग्यारेजका संचालक भारत किसनगंज बिरखोर घर भएका १९ वर्षीय मोहम्मद समिम रहेका छन् । 

बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प ३५५४ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रकाश सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । 

थप अनुसन्धानको क्रममा अन्य पाँच जनाको सहयोगमा उनले बिभिन्न मिति र स्थानबाट ७ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमध्ये प्रकाश सहनी, प्रकाश दर्जी, दिपक उराउ र दिपेश राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पु¥याउने गरेको प्रहरीले जनाएको छ । 

बिर्ख लिम्बुले चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई बिक्री गर्ने र मोहम्मद समिम चोरी गरी ल्याएको मोटरसाइकलको पार्टपुर्जा, नम्बरप्लेट परिवर्तन गरी विक्री गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले चोरी भएको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू माथि जिल्ला अदालत झापाबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);